अर्थतन्त्र
नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण
November 13th 2025
0
0 shares

काठमाडौं । गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चातको राजनीतिक अस्थिरताको प्रभावमा नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने विश्व बैंकको पछिल्लो प्रतिवेदनले जनाएको छ। यो दर आर्थिक वर्ष २०२५ को ४.६ प्रतिशतको तुलनामा कम हो। तथापि, आर्थिक वर्ष २०२७ मा पुनर्निर्माण प्रयासले वृद्धि दर ४.७ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।
आज सार्वजनिक भएको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनअनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने अपेक्षा गरिएको छ। प्रतिवेदनले राजनैतिक स्थायित्व र दिगो आर्थिक व्यवस्थापन सुनिश्चित भएमा लगानीकर्ताको विश्वास फर्केर आर्थिक सुधारमा गति आउने जनाएको छ। विपरीत, अनिश्चितताको निरन्तरता भने लगानीलाई निरुत्साहित गर्न सक्ने चेतावनी समेत दिइएको छ।
आर्थिक वृद्धिलाई पुनर्स्थापना गर्न नेपाल सरकारले एकिकृत व्यावसायीक पुनरुत्थान योजना सार्वजनिक गरेको अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बताए। योजनाअन्तर्गत अनुदान, कर छुट तथा सञ्चालन सहयोग उपलब्ध गराइने छ। उनले भने, “पूर्वाधार पुनर्निर्माण र चुनावी तयारीका लागि सार्वजनिक स्रोतहरू प्राथमिकतामा राखिएको छ। क्षतिग्रस्त सार्वजनिक तथा निजी सम्पत्तिको पुनर्निर्माणका लागि पुनर्निमाण कोष पनि स्थापना गरिएको छ। यी कदमहरूले बलियो अर्थतन्त्रको आधार तयार गर्दै निजी क्षेत्रको गतिविधि पुनर्स्थापना गर्ने लक्ष्य राखिएको छ।”
प्रतिवेदनले दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक लगानी व्यवस्थापनलाई सुदृढ पार्नुपर्ने कुरामा जोड दिएको छ। आ.व २०२४ मा संघीय, प्रादेशिक र स्थानीय सरकारको कुल पुँजीगत खर्च कुल घरेलु उत्पादनको ७.९ प्रतिशतमा सीमित रहँदा, नेपालले पूर्वाधार आवश्यकताका लागि कुल घरेलु उत्पादनको १०–१५ प्रतिशत लगानी आवश्यक रहेको छ।
विश्व बैंकका डिभिजन डाइरेक्टर डेभिड सिस्लेनले भने, “आर्थिक वृद्धिदर सुधार, रोजगारी सिर्जना र सम्पूर्ण नेपालीको समृद्धिका लागि सार्वजनिक लगानी बढाउनु जरूरी छ। यसका लागि परियोजना निर्माण र बजेटिङलाई सुदृढ गर्नु, जग्गा अधिग्रहण र रुख कटान प्रक्रियालाई सुव्यवस्थित गर्नु, रकम व्यवस्थापन थप प्रभावकारी बनाउनु र सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संसोधन गर्नु आवश्यक छ। यसले परियोजनाहरूलाई द्रुत रूपमा सम्पन्न गर्न मद्दत गर्नेछ।” नेपाल डेभलपमेन्ट अपडेट वर्षमा दुई पटक प्रकाशित हुन्छ र लामो समयदेखि यसले देशको आर्थिक विकासको गहन अध्ययन र विश्लेषण प्रदान गर्दै आएको छ।
Leave a Reply
Related News

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

अब ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने

नेपाल राष्ट्र बैंकद्वारा पुनः २५ अर्बको ऋणपत्र जारी, आजै बोलकबोल
बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी
मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति
आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










