HydroPower

Sub Index

सोलु हाइड्रोपावरले मंसिर ७ देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने

November 14th 2025

0

0 shares

banner

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २ करोड कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो।


पहिलो चरणमा आयोजना प्रभावित बासिन्दालाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख कित्ता आईपीओ छुट्याइएको छ।


आयोजना प्रभावित क्षेत्रका लागि कोटा विभाजन


कुल १ करोड कित्तामध्ये–


४० लाख कित्ता : सोलुखुम्बुको सोलु दुधकुण्ड–७ र ११ तथा थुलुङ दुधकोशी–१ (अति प्रभावित क्षेत्र)


६० लाख कित्ता : सोलु दुधकुण्ड नगरपालिका तथा थुलुङ दुधकोशी गाउँपालिकाका बाँकी वडाका बासिन्दा (प्रभावित क्षेत्र)


कति कित्ताको लागि आवेदन गर्न सकिन्छ?


आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको सीमा तोकिएको छ।


आवेदन अवधि


वैदेशिक रोजगारीमा रहेका नेपाली : मंसिर १० गतेसम्म


आयोजना प्रभावित बासिन्दा : मंसिर २१ गतेसम्म


मागअनुसार आवेदन नपरेमा वैदेशिक रोजगारीमा रहेका नेपालीको अवधि मंसिर २१ र आयोजना प्रभावितको पुस ७ सम्म बढ्न सक्नेछ।


कहाँ–कहाँबाट आवेदन दिन सकिन्छ?


स्थानीय बासिन्दा :


ग्लोबल आइएमई बैंक, सल्लेरी शाखा


लक्ष्मी सनराइज बैंक, नेले शाखा


आयोजनास्थल तिङ्गला


वैदेशिक रोजगारमा रहेका नेपाली :


सि–आस्बा सुविधा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाहरू


रेटीङ्ग र बिक्री प्रबन्धक


इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘IRN Double B Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

आईपीओको बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेण्ट बैंकिङ Ltd. र हिमालयन क्यापिटल Ltd. ले गर्नेछन्।


सोलु हाइड्रोपावरको पहिलो चरणको शेयर बिक्रीले स्थानीय तथा विदेशमा कार्यरत नेपाली लगानीकर्ताको चासो बढ्ने अनुमान गरिएको छ।

Leave a Reply

Related News

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

अब सरकारी ऋणपत्र पनि दोस्रो बजारमा कारोबार खुला गर्ने तयारी

अब सरकारी ऋणपत्र पनि दोस्रो बजारमा कारोबार खुला गर्ने तयारी

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech