अर्थतन्त्र

‘सीईओले चाह्यो भने जसरी पनि प्रस्ताव पारित हुन्छ,चाहेन् भने केही पनि हुँदैन,’

December 7th 2025

0

9 views

0 shares

banner

नेपाली शेयर न्यूज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगसँगै अघि नबढे नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन्। नाफिजको १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्रलाई साथमा लिएर मात्रै आर्थिक सुधार सम्भव हुने स्पष्ट पारे।


अध्यक्ष ढकालका अनुसार, निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता अब झनै बढेको छ। उनले भने, ‘जबसम्म निजी क्षेत्र सँगसँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन। यो प्रमाणित पनि भइसकेको छ।’


ढकालले अर्थतन्त्रसँग सम्बन्धित एजेन्डामा नेपाल पछि परेको उल्लेख गर्दै यसमा ध्यान नदिइएकोमा गुनासो गरे। उनले सरकार, निजी क्षेत्र र सरोकारवालाबीच कलेक्टिभ एप्रोचको अभाव भएकाले परिणाम प्राप्त हुन नसकेको बताए।


ढकालले नेपालमा केही गर्न सकिँदैन भन्ने धारणा गलत रहेको दाबी गरे। उनका अनुसार, आन्तरिक पुँजी परिचालन गरेर पनि धेरै काम गर्न सकिने सम्भावना रहेको छ।

‘निजी क्षेत्रले नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ,’ उनले भने।


जेनजी आन्दोलनले उठाएका सुशासनका मुद्दा निजी क्षेत्रकै माग पनि रहेकाले केही मुद्दामा परिवर्तन सुरु भएको उनको भनाइ छ। यसले निजी क्षेत्रमा उत्साह पैदा भएको उनले उल्लेख गरे।


ढकालले संस्थागत निर्णय प्रक्रियामा सीईओको प्रभाव बढी हुने, अध्यक्ष र बोर्डलाई प्रभावित पार्ने प्रवृत्ति मौजुदा रहेको बताए। ‘सीईओले चाह्यो भने जसरी पनि प्रस्ताव पारित हुन्छ, चाहेन् भने केही पनि हुँदैन,’ उनले भने।


अध्यक्ष ढकालका अनुसार, एफएनसीसीआईले देश तथा विदेशमा लगानी प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। उनका अनुसार, निजी क्षेत्रलाई समावेश नगरी नतिजा निकाल्ने प्रयास विफल हुने स्पष्ट देखिएकोले अब सरकार–निजी क्षेत्र साझेदारीलाई प्राथमिकता दिनु आवश्यक छ।

Leave a Reply

Related News

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2025 NepaliShareNews

Designed and Developed By

NepalTech