general

शेयर शिक्षा

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

December 10th 2025

0

0 shares

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु


नेपाली शेयर न्यूज । क्रेडिट रेटिङ्ग भन्नाले मुख्यतया निष्काशनकर्ताको धितोपत्र, कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने लगायत तत्सम्बन्धी प्रक्रिया समेतलाई

जनाउँदछ । क्रेडिट रेटिङ्ग व्यवसायलाई नियमित र व्यवस्थित गर्नका लागि क्रेडिट रेटिङ्ग नियमावली, २०६८ कार्यान्वयनमा रहेको छ । रेटिङ्ग संकेत भन्नाले निष्काशनकर्ताले प्रयोगमा ल्याउने गरी रेटिङ्ग नियमावलीको अधिनमा रही धितोपत्र सम्बन्धमा क्रेडिट रेटिङ्ग संस्थाले स्तरमान जनाउने संकेत वा अन्य स्तरमान अपनाएर व्यक्त गरेको धारणालाई बुझ्नुपर्छ ।


क्रेडिट रेटिङ्ग संस्था भन्नाले क्रेडिट रेटिङ्ग व्यवसाय गर्न बोर्डबाट अनुमति प्राप्त संस्था सम्झनु पर्छ । यस्ता संस्थाले निश्चित प्रकारका ऋण दायित्वहरु तथा ऋणपत्र निष्काशनकर्ताका लागि रेटिङ्ग स्तर प्रदान गर्दछ । उक्त संस्थाले निष्काशनकर्ता कम्पनीको ऋण तिर्नसक्ने क्षमताको विचार गर्दछ । शाख मूल्यांकन संस्थाले गर्ने शाख मूल्यांकनले अन्य कुराको अतिरिक्त ब्याजदर निर्धारणमा समेत सहयोग पुर्‍याउछ ।

शाखस्तरको लगानीकर्ता, निष्काशनकर्ता, लगानी बैंक, दलाल व्यवसायी तथा सरकारले उपयोग गर्दछन् ।


क्रेडिट रेटिङ्ग कुनै कम्पनीको अडिट होईन, यस्ता संस्थाहरुबाट कुनै निष्काशनकर्ता कम्पनीको एक पटकको विश्लेषण गरी प्रदान गरिएको स्तर सधैभरलाई होईन, कुनै पनि निष्काशनकर्ता कम्पनीको मूल्य तोक्ने कार्य गर्दैन तथा यसले सूचीकृत भएपश्चातको मूल्यलाई जनाउदैन । क्रेडिट रेटिङ्ग संस्थाहरुले धितोपत्र निष्काशनकर्ता कम्पनीहरुको समग्र वित्तीय विवरण, कार्य सम्पादन तथा व्यवस्थापन, र सुशासनको

अवस्था तथा भावी संभावना समेतको गहन अध्ययन तथा अनुसन्धान गर्दछन र स्तर प्रदान गर्दछन् ।


जसबाट बजार तथा धितोपत्रमा निहित जोखिमको आँकलन गर्न सहयोग पुर्‍याई धितोपत्र बजारमा हुने लगानीलाई सुसुचित हुन सहयोग पुग्दछ । यस्ता संस्थाले अन्य तरीकाबाट ऋण प्राप्त गर्न नसक्ने किसिमका ऋण पुँजी परिचालन गर्न चाहनेहरु जस्तो साना सरकारी इकाई, प्रारम्भिक स्तरका कम्पनीहरु, अस्पतालहरुका लागि पुँजी बजार खुल्ला गर्दछ अर्थात पुँजी बजार मार्फत सहज तरिकाले ऋण पुँजी परिचालन गर्न सहयोग

पुर्‍याउँदछ । हाल नेपालमा तीन कम्पनीले रेटिङ्ग व्यवसाय सञ्चालन गर्दै आएका छन् ।


क्रेडिट रेटि· संकेत


क्रेडिट रेटिङ्ग संस्थाले छोटो अवधि र लामो अवधिका लगानीका उपकरणलाई भिन्न भिन्नै संकेत प्रयोग गरी रेटिंग गर्दछन् । सामान्यतया रेटिंग संस्थाले प्रयोग गर्ने रेटिंगका संकेतहरु निम्नानुसार रहेका

छन् ।


क) लामो अवधिका उपकरणका लागि प्रयोग हुने रेटिंग संकेत


AAA : समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा एकदमै सुरक्षित

AA : समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा सुरक्षित

A : समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा यथेष्ट स्तरको सुरक्षित


BBB: समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित

BB: समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम

B: समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च स्तरको जोखिम


C: समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा असाध्यै उच्च स्तरको जोखिम

D: वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा असक्षम


ख) छोटो अवद्यि उपकरणका लागि प्रयोग हुने रेटिंग संकेत


A1 : समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा एकदमै सुरक्षित । यस्ता उपकरणमा असाध्यै न्यून शाख

जोखिम रहने ।

A2 : समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा सुरक्षित । यस्ता उपकरणमा न्यून शाख जोखिम रहने ।

A3 : समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित । यस्ता उपकरणमा माथिका दुई

स्तरका उपकरणमा भन्दा बढी शाख जोखिम रहने ।

A4 : समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा न्यून स्तरको सुरक्षित । यस्ता उपकरणमा उच्च शाख जोखिम

रहने वा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा छिटै असक्षम हुनसक्ने ।

D : वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा असक्षम

त्यसैगरी यी संकेतका पछाडी प्रयोग गरिने(Plus)चिन्हले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई

जनाउँछ ।


के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

Leave a Comment

Related News

नयाँ निर्वाचनको सरगर्मी र पुँजी बजार: नेप्सेमा सुधार, तर कारोबार रकममा सुस्तता

नयाँ निर्वाचनको सरगर्मी र पुँजी बजार: नेप्सेमा सुधार, तर कारोबार रकममा सुस्तता

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech