general
शेयर शिक्षा
लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन
December 12th 2025
0
5 views
0 shares

नेपाली शेयर न्यूज । विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा नेपाल धितोपत्र बोर्ड (सेवोन) ले लगानीकर्तालाई जोखिमबारे सजग रहन आग्रह गरेको छ । ‘Stay informed, stay protected’नारासहित जारी गरिएको सन्देशमा बोर्डले धितोपत्रमा लगानी गर्नु अघि आफ्नै जोखिम सहन सक्ने क्षमताको मूल्यांकन गर्न सुझाव दिएको छ ।
सेवोनले पूँजी बजारमा उतार–चढाव स्वाभाविक हुने भएकाले आवश्यक जानकारी संकलन गरेर मात्र लगानी योजना बनाउनुपर्नेमा जोड दिएको छ । बोर्डका अनुसार सचेत र जिम्मेवार लगानीकर्ताले बजारलाई स्वस्थ राख्ने भूमिका निर्वाह गर्ने भएकाले सूचना,अध्ययन र जोखिम व्यवस्थापन अत्यन्तै महत्वपूर्ण मानिन्छ । विश्व लगानीकर्ता सप्ताहका सन्दर्भमा सेवोनले लगानीकर्ताको सुरक्षाका लागि विभिन्न कार्यक्रम र सन्देश सार्वजनिक गर्दै आएको छ । बोर्डले सबैलाई सजग तथा दीर्घकालीन सोचका साथ गर्दा मात्र सुरक्षित लगानी सम्भव हुने बताउँदै पूँजी बजारसम्बन्धी सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ ।
Leave a Reply
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
जर्मनीको अनलाइन बैंक एन–२६ माथि थप प्रतिबन्ध

ग्रेटर फुल थ्योरीः लगानीको रहस्य र जोखिम
कृषि विकाश बैंकको १९औँ साधारणसभाः १३ प्रतिशत लाभांश पारित
ज्योति विकास बैंकका कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारबाहीको माग
माउन्टेन इनर्जीको साधारणसभाः २० प्रतिशत बोनस शेयर पारित

राष्ट्र बैंकको तथ्यांक: नेप्से ७.५७ प्रतिशतले घट्यो, बजार पूँजीकरण २.५४ प्रतिशतले तल
Popular News
- जर्मनीको अनलाइन बैंक एन–२६ माथि थप प्रतिबन्ध
- ग्रेटर फुल थ्योरीः लगानीको रहस्य र जोखिम
- कृषि विकाश बैंकको १९औँ साधारणसभाः १३ प्रतिशत लाभांश पारित
- ज्योति विकास बैंकका कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारबाहीको माग
- माउन्टेन इनर्जीको साधारणसभाः २० प्रतिशत बोनस शेयर पारित
- राष्ट्र बैंकको तथ्यांक: नेप्से ७.५७ प्रतिशतले घट्यो, बजार पूँजीकरण २.५४ प्रतिशतले तल
- वाणिज्य बैंकको कारोबार २ खर्ब ८८ अर्बमा सीमित
- बढी सेयरधारण गर्ने लगानीकर्तालाई २०८७ असारसम्म सेयर घटाउन निर्देशन













