शेयर शिक्षा

Daily Market Update

शेयर बजारमा सामान्य गिरावट : Doji Candle ले रिभर्सलको संकेत(विश्लेषणसहित)

December 8th 2025

0

13 views

0 shares

banner


नेपाली शेयर न्यूज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३.०२ अंकले घटेर २६०६ मा कायम भएको छ । सोमबारसम्म आइपुग्दा बजार लगातार छैटौं कारोबार दिन ओरालो लागेको हो । विगत ६ दिनमा नेप्से १७० अंकले घटिसकेको छ । मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो ।


राजनीतिक अस्थिरता र चुनावको अनिश्चितताबीच शेयर बजार लगानीकर्तामा मनोबल बढ्न सकेको छैन । सोमबार बजारमा ९९ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १२ कम्पनी स्थिर रहे। कारोबार रकम ४ अर्ब ६६ करोड पुगेको छ, जुन अघिल्लो दिनको ५ अर्ब ३३ करोडको कारोबारभन्दा कम हो ।


समूहगत सूचकमा मिश्रित प्रतिक्रियासहित उतारचढाव १ प्रतिशतभन्दा कम देखियो । जलविद्युत् ०.१२%, जीवन बीमा ०.५०%, उत्पादन तथा प्रशोधन ०.६१%, निर्जीवन बीमा ०.०५% र व्यापार ०.४१% ले बढे। बैंकिङ ०.६७%, विकास बैंक ०.११%, फाइनान्स ०.५७%, होटल तथा पर्यटन ०.२३%, लगानी ०.१६%, माइक्रोफाइनान्स ०.२९% र अन्य ०.२१% ले घटेका छन् ।


प्राविधिक विश्लेषण

सोमबार सेयर बजारले ट्रेन्ड लाइनको आसपास आएर डोजी क्यान्डल बनाएको छ । बजार सपोर्ट (डिमाण्ड) क्षेत्रमा आएपछि डोजी क्यान्डल बनेकोले, सम्भावित रिभर्सलको संकेत देखिएको छ । तर बजारले साँच्चै रिभर्सल देखाएको छ भन्नको लागि डोजी क्यान्डलको हाइ पोइन्ट २६१८ ब्रेक गर्न आवश्यक छ ।


यदि बजारले २६१८ को हाइ ब्रेक गर्न सफल भयो भने, डोजी क्यान्डल मान्य हुन्छ र त्यसपछि बजारले रिभर्सल देखाएको भन्न सकिन्छ । तर यदि यो स्तर ब्रेक भएन भने, बजारले २५८०–२६०० को जोनबाट अर्को कुनै बुल्स क्यान्डल बनाएर त्यसको हाइ ब्रेक गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र बजारले फर्किएको (रिभर्सल भएको) संकेत दिनेछ ।


ओभरल ट्रेन्ड हेर्दा हाल पनि बजार सकारात्मक छ र बजार ट्रेन्ड लाइनतर्फ आउँदैछ । सोमबारको डोजी क्यान्डलले डिमाण्ड एरियामा रहेको समर्थनलाई हाइलाइट गरेको छ, र आगामी दिनहरूमा बजारको दिशा डोजी क्यान्डलको हाइको ब्रेकमा निर्भर रहनेछ ।




Leave a Reply

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2025 NepaliShareNews

Designed and Developed By

NepalTech