अर्थतन्त्र

भारतले नेपालमाथि लगाएको नोटबन्दी हट्यो

December 4th 2025

0

0 shares

भारतले नेपालमाथि लगाएको नोटबन्दी हट्यो

नेपाली शेयर न्यूज । अब नेपालमा १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोटहरू पनि चलनचल्तीका लागि बाटो खुलेको छ। हाल नेपालमा केवल १०० रुपैयाँ दरका भारतीय नोट मात्र चलनमा रहेका छन्। भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले ठूला दरका नोटहरू चलाउन अनुमति दिएपछि अब नेपालमा पनि २०० र ५०० रुपैयाँ दरका नोट सटहीका लागि उपलब्ध हुने सम्भावना बन्यो।


यो व्यवस्था कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले सम्बन्धित निर्देशन जारी गर्नुपर्नेछ। हालसम्म राष्ट्र बैंकको निर्देशनको कारणले १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नेपालमा चलनचल्तीमा आएका छैनन्।


भारतीय नोटहरूमा हाल १००, २००, ५०० र २ हजार रुपैयाँका नोटहरू रहेका छन्। सन् २०२३ देखि भारतले २ हजार रुपैयाँ दरका नयाँ नोट छाप्न बन्द गरेको छ। नयाँ आरबीआई निर्णयले २०० र ५०० रुपैयाँ दरका नोट नेपालमा सटहीका लागि प्रयोग गर्न सम्भव बनाएको छ।


सन् २०१६ मा भारतले ५ सय र १००० रुपैयाँका नोट चलनबाट हटाएपछि ती नोट नेपालमा पनि सटहीको लागि उपलब्ध थिएनन्। राष्ट्र बैंकले ठूला दरका नोट हालसम्म चलनचल्तीमा नल्याउने निर्देशन जारी गरेको थियो। यस नयाँ व्यवस्थाले अब ठूला दरका भारतीय नोटको प्रयोगमा सहजता आउन सक्ने देखिन्छ।

भारतले नेपालमाथि लगाएको नोटबन्दी हट्यो

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech