साधारण सभा
October 10th 2025
0
12 views
0 shares
काठमाडौं । आरविवि सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकेर न. ९७) ले आफ्नो चौथो वार्षिकोत्सव उत्साहका साथ सम्पन्न गरेको छ। कम्पनी विधिवत रुपले मिति २०७९ असोज २४ गते कम्पनी रजिस्ट्रार कार्यलयबाट दर्ता भई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरि नेप्सेबाट सदस्यता लिई सिमित धितोपत्र दलाल सेवा प्रारम्भ गरेको थियो ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेनी शाह श्रेष्ठले लगानीको विशवास र टिमको सर्पणले हालसम्मको यात्रा सफल भएको बताइन् । ‘हाम्रो सफल यात्राको आधार लगानीकर्ताको विश्वास र हाम्रो टिमको समर्पण हो। हामी आगामी वर्षहरूमा अझ प्रभावकारी, पारदर्शी र प्रविधिमा आधारित सेवा विस्तारमा केन्द्रित रहनेछौं।'
वार्षिकोत्सवको अवसरमा कम्पनीले उत्कृष्ट कर्मचारीहरू,भुतपुर्व संचालकहरुलाई सम्मान र कृतज्ञता ज्ञापन गर्दै आगामी वर्षमा अझै गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।