साधारण सभा
शेयर बजार
October 16th 2025
0
16 views
0 shares
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी कात्तिक २६ गते (बुधबार) काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १९औं वार्षिक साधारणसभा गर्ने भएको छ।
बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा बोलाउने निर्णय गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
बैंकले आफ्नो प्रबन्धपत्र र नियमावलीमा रहेका व्यवसायिक उद्देश्यहरूमा आवश्यक परे थप गर्ने र नियामक निकायको निर्देशनअनुसार संशोधन वा हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि प्रस्तुत गर्ने जनाएको छ।
साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, कात्तिक १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र सभामा सहभागी हुन र पारित हुने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
Oct 17 2025
Oct 17 2025
Oct 10 2025
Oct 17 2025