Nepse
शेयर बजार
October 14th 2025
0
18 views
0 shares
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजार सुधार सुझाव कार्यदलले सिफारिस गरेको तत्काल गर्नुपर्ने कार्यको कार्यान्वयन कार्ययोजना ल्याएको छ । सेबोनले तत्काल कार्यान्वयन गर्नुपर्ने सुधारका लागि ९ बुँदे कार्ययोजना ल्याएको हो ।
सेबोनका अनुसार कार्ययोजनामा कार्यान्वयनका लागि ढिलोमा मंसिर १५ सम्म समयसीमा तोकिएको छ । केही कार्ययोजनाहरु तुरुन्तै कार्यान्वयनमा लैजाने समेत सेबोनको तयारी छ ।
धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली कात्तिक मसान्तभित्र कार्यान्वयन गरिने भएको छ । आईजीन सम्बन्धी एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी कात्तिक मसान्तभित्रै कार्यान्वयनमा लैजाने सेबोनले जनाएको छ । कात्तिक १५ भित्र लगानीकर्ताले दुई वा सोभन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गरिने भएको छ ।
बोनस शेयर वितरणमा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्ने व्यवस्था तुरुन्त लागू गरिने भएको छ । यस्तै, भुक्तानी असमर्थता वा ढिलाइ हुँदा देखिने दायित्व तथा प्रतिफल भुक्तानीसम्बन्धी प्रावधान मंसिर १५ सम्म एकरूप बनाइने सेबोनको कार्यायोजनामा उल्लेख छ ।
Oct 9 2025
Oct 17 2025
Oct 13 2025
Oct 17 2025