Nepse
शेयर बजार
October 16th 2025
0
16 views
2 shares
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेको छ। आज ३११ कम्पनीका ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ हजार ८६४ रुपैयाँमा कारोबार भएका छन्। बैंकिङ र म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रका सेयर घटेका छन्।
आज हिमालयन पावर पार्टनरको सेयर ९.९३ प्रतिशतले, कालिका लघुवित्तको ५.६९ प्रतिशतले बढेको छ। त्यस्तै, समाज लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्तको सेयर ७.३३ प्रतिशतले घटेको छ।
करोबारको आधारमा, मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ र १५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेपाल रिइन्सुरेन्सको १३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
Oct 9 2025
Oct 13 2025
Oct 17 2025