Nepse
शेयर बजार
October 14th 2025
0
18 views
0 shares
काठमाडौं । लगातार बढ्दै आएको सेयर बजार आज फेरि ओरालो लागेको छ। नेप्से परिसूचक १९.४३ अंकले घट्दै २५२८.१७ विन्दुमा झरेको हो। हिजो बजार ४४ अंकले बढेको थियो।
आज म्युचुअल फन्ड, अन्य र व्यापार समूह बाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ। कुल २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको बढेको र ५ कम्पनीको स्थिर रहेको छ।
सेयर मूल्यमा सबैभन्दा ठूलो गिरावट समाज लघुवित्त वित्तीय संस्था ले भोग्यो, जसको मूल्य १० प्रतिशतले घटेको हो। विपरीत, बजार घटेको दिन पनि शुभम पावर र ग्रामीण विकास लघुवित्त का सेयर भने १० प्रतिशतले बढेका छन्।
बजारसँगै कारोबार रकम पनि घटेको छ। हिजो ४ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३१७ कम्पनीका ७४ लाख ८८ हजार कित्ता सेयर मात्रै किनबेच हुँदै कारोबार रकम ३ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ।
Oct 9 2025
Oct 17 2025
Oct 13 2025