शेयर शिक्षा

Daily Market Update

शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा

December 11th 2025

0

3 views

0 shares

banner


नेपाली शेयर न्यूज । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६६ अंकले घटेर २६०७ अंकमा बन्द भएको छ । दिनभर बजार उतारचढाव न्यून रह्यो, अधिकतम २६१२ र न्यूनतम २६०२ अंकको बीचमा सीमित रह्यो।


राजनीतिक अस्थिरता र चुनावको अनिश्चितताले बजारमा खरिद–बिक्री दुवै पक्ष सुस्त भएको स्टक छ । कारोबार रकम ३ अर्ब ४९ करोडमा सीमित रह्यो, अघिल्लो दिनको ३ अर्ब ७३ करोडको तुलनामा घटेको हो।

आज ९८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो र ११ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत सूचकमा उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो।


बैंकिङ ०.१५%, जीवन बीमा ०.१८%, उत्पादन–प्रशोधन ०.९२%, माइक्रोफाइनान्स ०.०९%, व्यापार ०.०७% ले बढे। विकास बैंक ०.१९%, फाइनान्स ०.६५%, होटल–पर्यटन ०.५४%, हाइड्रोपावर ०.३६%, लगानी ०.२९%, निर्जीवन बीमा ०.१६% र अन्य समूह ०.६३% ले घटे।


शेयर बजार हाल २५८०–२६०० को डिमाण्ड जोनमा आइ सपोर्ट पाएको देखिन्छ । बजार लगातार घट्दै आएको अवस्थामा अहिले थोरै स्थिरता देखिएको छ । सोमबार बजार ३ अंकले घटेको थियो भने मंगलबार ७ अंकले बढेको र बुधबार ५ अंकले घटेको थियो ।


बजारले पहिले ठूलो रेड क्यान्डल बनाएर तीव्र गिरावट देखाइरहेको थियो, तर हालको डिमाण्ड जोनमा आएपछि घट्ने गति कम भएको छ । डेली चार्टमा हाइयर हाइ र हाइयर लो कायम देखिन्छ, जसले बजारले डिमाण्ड जोनबाट फर्किन सक्ने सम्भावना रहेको संकेत दिएको छ ।


बजारको स्थायित्व पुष्टि गर्न एक घण्टाको चार्टमा मुभिङ एभरेज च्यानलको ब्रेक आउट देखिनु आवश्यक हुन्छ । यदि ब्रेक आउट भयो भने बजारले डिमाण्ड जोनबाट समर्थन पाउँदै फर्केको मान्न सकिन्छ । यो स्तरलाई भविष्यमा बजारको सम्भावित वृद्धि वा घट्ने दिशाको महत्वपूर्ण संकेत मानिएको छ ।



Leave a Reply

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2025 NepaliShareNews

Designed and Developed By

NepalTech