अर्थतन्त्र

नेपाल राष्ट्र बैंकद्वारा पुनः २५ अर्बको ऋणपत्र जारी, आजै बोलकबोल

December 31st 2025

0

0 shares

banner

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय बाजारमा तरलता व्यवस्थापन र सरकारी खर्चको आवश्यकता पुरा गर्न पुनः २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले गत सोमबार मात्रै २५ अर्बकै ऋणपत्र जारी गरेकोमा, आज पुस १६ गते फेरी अर्को ठूलो परिमाणको ऋणपत्र निष्कासन गर्न लागेको हो।

आज जारी हुने ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ राखिएको छ। यस ऋणपत्र खरिदका लागि राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थाहरूले आज मध्याह्न २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल (Bidding) मा सहभागी हुन पाउनेछन्।

यो विकास ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाटै निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्रको अवधि एक वर्षको हुनेछ र यसको साँवा भुक्तानी २०८३ साल पुस १६ गते हुनेछ। लगानीकर्ताहरूले प्रत्येक ६ महिनामा (अर्धवार्षिक रूपमा) ब्याज प्राप्त गर्नेछन्।

ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र सोभन्दा बढीको लागि ५ करोडकै दरले भाग लाग्ने गरी कुल आह्वान रकमसम्मको बोलपत्र पेश गर्न सकिने व्यवस्था गरिएको छ। खरिदकर्ताले यस ऋणपत्रलाई नेपाल राष्ट्र बैंक लगायत अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोका रूपमा प्रयोग गरी कर्जा लिन सक्नेछन्।

Leave a Reply

Related News

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

अब ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने

अब ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech