शेयर शिक्षा
Daily Market Update
मौद्रिक नीतिको समीक्षाः बजारमा आउन सकेन हरियाली, २६ सय बिन्दुसम्म रिटेस्ट गर्ने सम्भावना छ ?
December 1st 2025
0
254 views
1 shares

नेपाली शेयर न्यूज/ शेयर बजारको डेली चार्टमा समग्र रूपमा सकारात्मक देखिए पनि सोमबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको दिन बजारले अपेक्षित सकारात्मक प्रतिक्रिया जनाउन सकेन । यस दिन बजार सूचक घटेर बन्द भएको छ ।
Hourly Chart मा बजारले Moving Average Channel (MAC)लाई ब्रेकडाउन गरिसकेको छ, जसले छोटो अवधिको ट्रेन्डमा कमजोर संकेत गर्छ । Hourly Chart मा बजारले पुनःMAC माथि टिक्न नसके बजारमा तत्काल सकारात्मक मोमेन्टम आउन कठिन देखिएको छ ।
डेली चार्टमा बजार ट्रेन्डलाइन भन्दा माथि रहेकाले लामो अवधिको क्यारेक्टर भने सकारात्मक रहेको छ । तर Hourly Chart मा मुभिङ एभरेज च्यानल ब्रेकआउट गर्न बजारले नसके ट्रेन्डलाइनको नजिक, झण्डै २,६०० सम्म भिजिट गर्ने सम्भावना रहन्छ ।
सोमबारको बजारलाई हेर्दा ४.२८ अंक घटेर २६४.२४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
आइतबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३२५ कम्पनीको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
Leave a Reply
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा














