अर्थतन्त्र

व्यापार घाटा साढे १० प्रतिशतले बढ्यो

December 22nd 2025

0

0 shares

व्यापार घाटा साढे १० प्रतिशतले बढ्यो

नेपाली शेयर न्यूज । मुलुकको व्यापार घाटा साढे १० प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांक अनुसार मुलुकको व्यापार घाटाको आकार ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१।८२ को मंसिरसम्म व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ। यसैगरी चालु वर्षको मंसिरसम्म ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा वस्तु आयात १५.८३ प्रतिशतले बढेको छ।

मंसिरसम्म मुलुकबाट १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष मंसिरसम्म ७३ अर्ब ६५ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो। अघिल्लो वर्षको तुलनामा वस्तु निर्यात ५८.१७ प्रतिशतले बढेको छ। मुलुकको कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

व्यापार घाटा साढे १० प्रतिशतले बढ्यो

Leave a Comment

Related News

शेयर बजार सुधारका लागि ब्रोकर एशोसिएशनको ६ बुँदे माग: अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

शेयर बजार सुधारका लागि ब्रोकर एशोसिएशनको ६ बुँदे माग: अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

 बैंकमा पैसा थुप्रियो: चैत महिनामा पनि निक्षेपको ब्याजदर घट्यो, ऋणीलाई फाइदा पुग्ने

बैंकमा पैसा थुप्रियो: चैत महिनामा पनि निक्षेपको ब्याजदर घट्यो, ऋणीलाई फाइदा पुग्ने

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech