अर्थतन्त्र

व्यापार घाटा साढे १० प्रतिशतले बढ्यो

December 22nd 2025

0

0 shares

banner

नेपाली शेयर न्यूज । मुलुकको व्यापार घाटा साढे १० प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांक अनुसार मुलुकको व्यापार घाटाको आकार ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।


अघिल्लो आर्थिक वर्ष २०८१।८२ को मंसिरसम्म व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ। यसैगरी चालु वर्षको मंसिरसम्म ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा वस्तु आयात १५.८३ प्रतिशतले बढेको छ।


मंसिरसम्म मुलुकबाट १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष मंसिरसम्म ७३ अर्ब ६५ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो। अघिल्लो वर्षको तुलनामा वस्तु निर्यात ५८.१७ प्रतिशतले बढेको छ। मुलुकको कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।


Leave a Reply

Related News

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

अब ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने

अब ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech