Nepali Share News l
नेपाली बजारमा अमेरिकी डलरको मूल्यले इतिहासकै उच्च विन्दु कायम गरेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दरअनुसार डलरको भाउ अहिलेसम्मकै महँगो भएको हो।
प्रमुख मुद्राहरूको विनिमय दर विवरण:
आजका लागि राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिद दर १४४ रुपैयाँ १५ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा निर्धारण गरेको छ। डलरसँगै अन्य ठूला वैदेशिक मुद्राहरूको मूल्य पनि उच्च देखिएको छ:
- युरो: खरिद १६८.४० रुपैयाँ र बिक्री १६९.१० रुपैयाँ।
- पाउन्ड स्टर्लिङ: खरिद १९४.०७ रुपैयाँ र बिक्री १९४.८८ रुपैयाँ।
- अस्ट्रेलियन डलर: खरिद ९६.३६ रुपैयाँ र बिक्री ९६.७७ रुपैयाँ।
- भारतीय रुपैयाँ: १०० भारुको खरिद १६० रुपैयाँ र बिक्री १६०.१५ रुपैयाँ (स्थिर)।
अन्य मुलुकको मुद्रा:
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिने मुलुकहरूको विनिमय दर यस प्रकार छ:
| मुद्रा | खरिद दर (रु.) | बिक्री दर (रु.) |
| साउदी रियाल | ३८.४३ | ३८.५९ |
| कतारी रियाल | ३९.५५ | ३९.७१ |
| युएई दिराम | ३९.२५ | ३९.४१ |
| मलेसियन रिङ्गेट | ३५.४० | ३५.५४ |
| कुवेती दिनार | ४६९.०६ | ४७१.०१ |


























