लगानी अवसर
October 8th 2025
0
23 views
0 shares
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले २८ दिनदेखि बन्द भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । जेनजीका नाममा १० प्रतिशत निशुल्क सेयर माग्दै उक्त आयोजना बन्द गरिएको छ । गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर तत्काल हाइड्रोपावर खुलाउन निर्देशन दिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीले गृहमन्त्री अर्याललाई भेटेर सुरक्षा माग गर्दै जेनजीका नाममा सेयर मागेर ऊर्जा उद्यमीलाई दुख दिइएको गुनासो गरेका थिए ।
Oct 9 2025
Oct 12 2025