Sub Index
विश्व लगानीकर्ता सप्ताह २०२५ को उद्घाटन, पुँजी बजार शिक्षा र सचेतनामा जोड
December 11th 2025
0
3 views
0 shares
नेपाली शेयर बजार । “Stay Informed, Stay Protected” भन्ने मूल नारासहित विश्व लगानीकर्ता सप्ताह २०२५ को शुभारम्भ गरिएको छ। नेपाल धितोपत्र बोर्डले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र प्रमुख अतिथि रहेका थिए भने बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।
उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अन्य कार्यकारी निर्देशक, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, सीडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी, मर्चेन्ट बैंकर एसोसिएसन र स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तथा अन्य बजार सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा क्रेडिट रेटिङ्ग एजेन्सी, स्टक डिलर, आर्थिक मिडिया संस्थाका पदाधिकारी र विद्यार्थी तथा प्राध्यापकसमेत १५० भन्दा बढी सहभागी थिए।
डेपुटी गभर्नर मिश्रले मन्तव्यमा नेपालको वित्तीय क्षेत्रका तीन नियामकको उपस्थितिले लगानीकर्ता शिक्षा र वित्तीय साक्षरतामा महत्वपूर्ण भूमिका रहने बताए। उनले प्रविधिको प्रयोगमार्फत हुने ठगीका घटनाबाट लगानीकर्ताले सचेत रहनुपर्ने पनि जोड दिए ।
बोर्डका उप–कार्यकारी निर्देशक तेज प्रसाद देवकोटाले मंसिर २५ देखि पुस २ सम्म देशब्यापी कार्यक्रम सञ्चालन हुने जानकारी दिए । नेपाल बीमा प्राधिकरण, सीडिएससी, मर्चेन्ट बैंकर एसोसिएसन र स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूले कार्यक्रममा पूर्ण सहभागिता र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
उद्घाटन सत्रको समापनपछि विद्यार्थीहरूका लागि पुँजी बजार शिक्षा सम्बन्धी प्रस्तुतिकरण गरिएको थियो। बोर्डका निर्देशक सुरज पराजुलीले आधारभूत विश्लेषण र बजार परिचय प्रस्तुत गर्नु भयो भने स्टक एक्सचेन्जका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जोखिम र प्रतिफलका विषयमा जानकारी दिए । सहभागी विद्यार्थीहरूले उठाएका प्रश्नहरूको समाधान प्रस्तोताहरू र बोर्डका कार्यकारी निर्देशकले गरेका थिए।
कार्यक्रमले लगानीकर्ता सचेतना, पुँजी बजार शिक्षा र वित्तीय साक्षरता बढाउने लक्ष्यसहित प्रभावकारी सुरुवात गरेको आयोजकहरूले बताएका छन्।
Leave a Reply
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
थप ५ कम्पनीलाई पीईभीसी लाइसेन्स : ३२ कम्पनी पाइपलाइनमा
हालसम्म ५६ कम्पनीको लाभांश घोषणा : कुनको कति ?

विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह

सीआईबी भन्यो,'प्रभु मेनेजमेन्टसँग कुनै कारोबार भए दरखास्त दिनु'

नेप्सेको कारोबारलाई नयाँ शिराबाट अघि बढाउनुपर्छः डा.चिरञ्जीवी नेपाल

निभिक्स फर्मास्युटिकल्सको साधारणसभाः आईपीओ निष्कासन मुख्य एजेण्डा
Popular News
- थप ५ कम्पनीलाई पीईभीसी लाइसेन्स : ३२ कम्पनी पाइपलाइनमा
- हालसम्म ५६ कम्पनीको लाभांश घोषणा : कुनको कति ?
- विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह
- सीआईबी भन्यो,'प्रभु मेनेजमेन्टसँग कुनै कारोबार भए दरखास्त दिनु'
- नेप्सेको कारोबारलाई नयाँ शिराबाट अघि बढाउनुपर्छः डा.चिरञ्जीवी नेपाल
- निभिक्स फर्मास्युटिकल्सको साधारणसभाः आईपीओ निष्कासन मुख्य एजेण्डा
- नेप्सेमा कामना सेवा र खानीखोलाको बोनस शेयर सूचीकृत
- भारतको म्युचुअल फन्ड सम्पत्ति ३.३ ट्रिलियन डलर पुग्ने अनुमान
















