शेयर बजार
हालसम्म ५६ कम्पनीको लाभांश घोषणा : कुनको कति ?
December 13th 2025
0
1 views
0 shares
नेपाली शेयर न्यूज । आर्थिक वर्ष २०८१–८२ को नाफाबाट हालसम्म ५६ वटा कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत यी कम्पनीहरूले लाभांश घोषणा गरेका हुन्।
घोषणा गर्ने कम्पनीहरूमध्ये वाणिज्य बैंक समूहबाट १२ वटा, विकास बैंक समूहबाट ८ वटा र फाइनान्स कम्पनी समूहबाट ३ वटा रहेका छन्। यसैगरी, १५ वटा हाइड्रोपावर कम्पनी, ८ वटा लघुवित्त वित्तीय संस्था, ३ वटा जीवन बीमा कम्पनी, २ वटा निर्जीवन बीमा कम्पनी र २ वटा होटल कम्पनीले लाभांश घोषणा गरेका छन्। साथै, पर्यटन क्षेत्रको १ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीले पनि लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
वाणिज्य बैंकतर्फ
गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश दिने वाणिज्य बैंक एभरेष्ट बैंक रहेको छ। बैंकले नगद तथा बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ।
यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने कृषि विकास बैंकले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
विकास बैंकतर्फ
विकास बैंक समूहमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ। कामना सेवा विकास बैंकले १५.७८ प्रतिशत र साइनरेसुङ्गा विकास बैंकले १३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन्।
लघुवित्त, फाइनान्स र हाइड्रोपावर
गत आवको नाफाबाट ३ वटा लघुवित्त कम्पनीले १५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन्।
यसैगरी, श्री इन्भेष्टमेन्ट फाइनान्स, आईसीएफसी फाइनान्स र मनजुश्री फाइनान्स गरी ३ वटा फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका छन्।
हाइड्रोपावरतर्फ १५ वटा कम्पनीले लाभांश घोषणा गरेका छन्। तीमध्ये सेन्चुरी इनर्जी कम्पनीले सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश दिएको छ। साहस ऊर्जा जलविद्युत कम्पनीले २२.१० प्रतिशत र माउन्टेन इनर्जीले २१.०५ प्रतिशत लाभांश घोषणा गरेका छन्।
बीमा, होटल र अन्य
जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन्।
होटल समूहमा तारागाउँ रिजेन्सी होटल र सोल्टी होटलले लाभांश घोषणा गरेका छन्। यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने कालिञ्चोक दर्शन कम्पनीले पनि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
नेप्से साप्ताहिक कारोबारः शीर्ष कमाउने स्वस्तिक, सबैभन्दा धेरै घट्ने माबेलिङ इनर्जी
थप ५ कम्पनीलाई पीईभीसी लाइसेन्स : ३२ कम्पनी पाइपलाइनमा
हालसम्म ५६ कम्पनीको लाभांश घोषणा : कुनको कति ?

विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह

सीआईबी भन्यो,'प्रभु मेनेजमेन्टसँग कुनै कारोबार भए दरखास्त दिनु'

नेप्सेको कारोबारलाई नयाँ शिराबाट अघि बढाउनुपर्छः डा.चिरञ्जीवी नेपाल
Popular News
- नेप्से साप्ताहिक कारोबारः शीर्ष कमाउने स्वस्तिक, सबैभन्दा धेरै घट्ने माबेलिङ इनर्जी
- थप ५ कम्पनीलाई पीईभीसी लाइसेन्स : ३२ कम्पनी पाइपलाइनमा
- हालसम्म ५६ कम्पनीको लाभांश घोषणा : कुनको कति ?
- विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह
- सीआईबी भन्यो,'प्रभु मेनेजमेन्टसँग कुनै कारोबार भए दरखास्त दिनु'
- नेप्सेको कारोबारलाई नयाँ शिराबाट अघि बढाउनुपर्छः डा.चिरञ्जीवी नेपाल
- निभिक्स फर्मास्युटिकल्सको साधारणसभाः आईपीओ निष्कासन मुख्य एजेण्डा
- नेप्सेमा कामना सेवा र खानीखोलाको बोनस शेयर सूचीकृत















