साधारणसभा

शेयर बजार

निभिक्स फर्मास्युटिकल्सको साधारणसभाः आईपीओ निष्कासन मुख्य एजेण्डा

December 12th 2025

0

4 views

0 shares

banner

नेपाली शेयर न्यूज । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीसँगै आगामी पुस १८ गते साधारणसभा गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।


साधारणसभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ। सभामा चार सामान्य र तीन विशेष प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ। विशेष प्रस्तावमध्ये आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन आवश्यक सबै अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव प्रमुख रहेको छ।


तनहुँमा अवस्थित आफ्नै उत्पादन फ्याक्ट्रीमार्फत औषधि उत्पादन गर्दै आएको कम्पनीले आईपीओमार्फत व्यवसाय विस्तार, प्रविधि सुदृढीकरण तथा संस्थागत क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ।


कम्पनीले आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा गरेपछि आईपीओ निष्कासनको समयसीमाबारे थप जानकारी सार्वजनिक गर्ने बताएको छ।

Leave a Reply

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2025 NepaliShareNews

Designed and Developed By

NepalTech