Nepse
राष्ट्र बैंकको निर्णयपछि सेयर बजारमा हरियाली, नेप्से २२ अंकले उकालो
October 9th 2025
0
143 views
0 shares

काठमाडौं । दशैँ विदापछि लगातार दुई दिन ओरालो लागेको शेयर बजार बिहीबार पहिलोपटक हरियो बनेको छ। नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहक कर्जाको २५ करोडको सीमा हटाएपछि बजारमा सकारात्मक प्रभाव परेको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बिहीबार २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुग्दै कारोबार बन्द भएको छ। मंगलबार ४५ अंक र बुधबार ५८ अंकले घटेको बजार बिहीबार भने पुनः उकालो लागेको हो।
कारोबार खुलेको तेस्रो मिनेटमै नेप्से ४ प्रतिशतले उकालो लागेपछि २० मिनेटका लागि ‘हाल्ट’ गरिएको थियो। त्यसपछि कारोबार पुनः सुरु भए पनि सूचकमा केही सुस्तता देखिएको थियो।
यस दिन २ सय कम्पनीका सेयरको मूल्य बढेको, ४१ कम्पनीको घटेको र १० कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।
कुल १ करोड १८ लाख कित्ता सेयर कारोबारबाट ५ अर्ब २७ करोड रुपैयाँको लेनदेन भएको हो। बढ्ने कम्पनीहरूमा विन्ध्यवासिनी हाइड्रो, एसियन हाइड्रोपावर र एमबीएल इक्विटी फन्ड अगाडि रहेका छन्, जसको सेयर मूल्य अधिकतम ८.२१ प्रतिशतले बढेको छ।
उता घट्ने कम्पनीहरूमा थ्रिस्टार हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट प्रमुख छन्, जसको मूल्य अधिकतम ९.०९ प्रतिशतले घटेको छ।
आजको कारोबारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ। कम्पनीको कुल २७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
नेप्से साप्ताहिक कारोबारः शीर्ष कमाउने स्वस्तिक, सबैभन्दा धेरै घट्ने माबेलिङ इनर्जी
थप ५ कम्पनीलाई पीईभीसी लाइसेन्स : ३२ कम्पनी पाइपलाइनमा
हालसम्म ५६ कम्पनीको लाभांश घोषणा : कुनको कति ?

विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह

सीआईबी भन्यो,'प्रभु मेनेजमेन्टसँग कुनै कारोबार भए दरखास्त दिनु'

नेप्सेको कारोबारलाई नयाँ शिराबाट अघि बढाउनुपर्छः डा.चिरञ्जीवी नेपाल
Popular News
- नेप्से साप्ताहिक कारोबारः शीर्ष कमाउने स्वस्तिक, सबैभन्दा धेरै घट्ने माबेलिङ इनर्जी
- थप ५ कम्पनीलाई पीईभीसी लाइसेन्स : ३२ कम्पनी पाइपलाइनमा
- हालसम्म ५६ कम्पनीको लाभांश घोषणा : कुनको कति ?
- विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह
- सीआईबी भन्यो,'प्रभु मेनेजमेन्टसँग कुनै कारोबार भए दरखास्त दिनु'
- नेप्सेको कारोबारलाई नयाँ शिराबाट अघि बढाउनुपर्छः डा.चिरञ्जीवी नेपाल
- निभिक्स फर्मास्युटिकल्सको साधारणसभाः आईपीओ निष्कासन मुख्य एजेण्डा
- नेप्सेमा कामना सेवा र खानीखोलाको बोनस शेयर सूचीकृत
















