लगानी अवसर

शेयर बजार

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ भर्ने अन्तिम दिन

December 11th 2025

0

2 views

0 shares

banner

नेपाली शेयर न्यूज । रिलायन्स स्पिनिङ मिल्स लिमिटेड ले मंसिर २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ।


कम्पनीलाई कुल ११,५५,९६० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति प्राप्त भएको छ। यसमध्ये निर्देशिका अनुसार १० प्रतिशत (१,१५,५९६ कित्ता) शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।


यसअघि बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गर्दा कट–अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। बुक बिल्डिङ्ग निर्देशिका २०७७ बमोजिम उक्त मूल्यमा १०% छुट लागू हुँदा वैदेशिक रोजगारका लगानीकर्ताका लागि प्रतिकित्ता मूल्य ८२०.८० रुपैयाँ कायम भएको छ।


यस आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस अनुसार न्यूनतम आवेदनका लागि ४१,०४० रुपैयाँ लाग्नेछ।


कम्पनीले प्राप्त गरेको क्रेडिट रेटिङमा केयर रेटिङ नेपाल ले ‘CARE-NP Single A- Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने पर्याप्त क्षमता राखेको सूचक मानिन्छ।


लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै ASBA सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा, साथै ‘मेरो शेयर’ एप प्रयोग गरी अनलाइन माध्यमबाट पनि आवेदन दिन सक्नेछन्।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले वहन गरेको छ।

Leave a Reply

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2025 NepaliShareNews

Designed and Developed By

NepalTech