बैंकिङ
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
December 11th 2025
0
2 views
0 shares
नेपाली शेयर न्यूज । सम्पत्ति शुद्धीकरण नियन्त्रणमा ढिलाइ भएको भन्दै एफएटीएफले नेपाललाई २०२५ फेब्रुअरीदेखि ग्रे–लिस्टमा समावेश गरेपछि सरकारले कडाइका उपाय अघि बढाएको छ। त्यसअनुसार मन्त्रिपरिषद्को मंसिर १६ गतेको निर्णय लागू भएसँगै माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न नपाइनेछ।
अर्थ मन्त्रालयको प्रस्तावमा अघि बढेको यो निर्णय राजपत्रमा प्रकाशनको अन्तिम चरणमा पुगेको छ। नयाँ नियम लागू भएपछि ५ लाख वा सोभन्दा बढीको सबै कारोबार चेक, बैंक ट्रान्सफर, कनेक्ट आईपीएस वा अन्य अनलाइन माध्यमबाट गर्नुपर्नेछ।
यद्यपि व्यक्तिगत खाताबाट नगद निकासीमा प्रत्यक्ष रोक नलाग्ने सरकारको भनाइ छ। तर, ठूलो रकम निकासी गर्दा बैंकले कारण सोध्नेछ। सरकारका अनुसार यो कदमले अनौपचारिक अर्थतन्त्र नियन्त्रण, पारदर्शिता वृद्धि र वित्तीय अपराध रोकथाममा मद्दत गर्नेछ। नियम उल्लंघन भए सम्पत्ति शुद्धीकरण ऐनअनुसार छानबिन, आर्थिक जरिवाना तथा कानुनी कारबाहीसम्म हुन सक्नेछ।
Leave a Reply
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- विश्व लगानीकर्ता सप्ताह २०२५ को उद्घाटन, पुँजी बजार शिक्षा र सचेतनामा जोड
- सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्कासनको अनुमति
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा











