लगानी अवसर

HydroPower

Sub Index

शेयर बजार

सोलु हाइड्रोपावरको आइपीओ भर्नुभयो, आज अन्तिम दिन

December 7th 2025

0

5 views

0 shares

banner

नेपाली शेयर न्यूज/ सोलु हाइड्रोपावरको पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरिएको आइपीओ पर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानी र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्कासन बन्द भइसकेको छ। अब आयोजना प्रभावित स्थानीयका लागि आज साँझ बैंकिङपछि आइपीओ

जारी अवधि बन्द हुने भएको हो ।


नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका २ करोड कित्ता आइपीओ जारी गर्न अनुमति दिएको छ । पहिलो चरणमा कम्पनीले सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको १ करोड कित्तामध्ये आयोजना अतिप्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. १ को बासिन्दाका लागि ४० लाख कित्ता तथा सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अतिप्रभावित वडाबाहेक अन्य वडालाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता आइपीओ बिक्री खुला गरेको छ।


आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन ग्लोबल आइएमई बैंकको सल्लेरी र सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले र सोलुखुम्बु शाखा तथा आयोजनास्थल तिंगलामा दिन सकिन्छ। आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।


Leave a Reply

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2025 NepaliShareNews

Designed and Developed By

NepalTech